एक घर एक धारा अन्तर्गत ३२ औँ खानेपानी आयोजनाको उद्घाटन !



अमलडाडा खालधारा खानेपानी तथा सरसफाई योजनाको उद्घाटन गर्दै मेयर सोमनाथ सापकोटा

सागर भण्डारी,माघ १० गुल्मी । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिकाले खानेपानीको क्षेत्रमा महत्वपूणर् उपलब्धी हासिल गरेको बताउनुभएको छ ।

वडा नं ३ मा अमलडाडा खालधारा खानेपानी तथा सरसफाई योजनाको उद्घाटन गर्दै सापकोटाले एक घर एक धारा कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । खानेपानीको पहँुच भन्दा बाहिर रहेका झण्डै ७ हजार ५ सय घरधुरीमध्ये अहिले ३५ सय घरधुरीमा खानेपानी पुग्नु ठुलो उपलब्धी भएको उहाँको भनाई थियो ।

पहिले डोकोमा बोकेर कष्टकर रुपमा कुवा र ताल तलाउको पानी खान बाध्य स्थानीयको अहिले भने घर घरमै धारो पुगेको भन्दै उहाँले नागरिक समक्ष जारी गरेको प्रतिबद्धता पुरा हुने चरणमा रहेको स्पष्ट पार्नुभयो ।

उक्त खानेपानी योजना लुम्बिनी प्रदेश सरकार र मुसिकोट नगरपालिकाको ७२ लाखको लागतमा सम्पन्न भएको हो । आयोजनाबाट १ सय ५६ घरधुरी लाभान्वित भएका छन् । उद्घाटन समारोहमा आयोजनालार्ई सफल बनाउन सहयोग पुर्याउने उपभोक्ता समिति पदाधिकारी र अन्य सरोकारवालाहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले खानेपानी योजना सफलता पूर्वक निर्माण सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई बधाईँ दिँदै यसको दिगो व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिका वास सयोंजक सिता भुषालले खानेपानी आयोजनाहरु वर्षौसम्म टिकाई राख्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई नगरपालिकाले प्राविधिक तालिम दिँदै आएको बताउनुभयो । उहाँले आयोजना सम्पन्न मात्रै हुनुभन्दा पनि त्यसको उपभोग चीरकालसम्म हुने गरी काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिका छाँया सरकार प्रमुख झविलाल भण्डारी,कानुनी सल्लाहकार अनन्तलाल भण्डारी, मुसिकोट नगरपालिका वडा न २ का वडाध्यक्ष लक्ष्मण खत्री, वडा नं ४ का वडाध्यक्ष ओम बहादुर केसी वडा न ८ वडाध्यक्ष एवम् एक घर एक धारा संयोजक नारायण सापकोटा, वडा ३ का वडाध्यक्ष कणर् बहादुर जि.सि लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम गणेशलाल भण्डारी अध्यक्षता वडा सदस्य गणेश कुवरको स्वागत र संचालन तोलादी प्राविका प्रअ मधु मल्लको रहेको थियो ।

मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत अहिलेसम्म ३२ वटा खानेपानी आयोजना सम्पन्न हुँदा ३ हजार ५ सय घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।

त्यस्तै यस आर्थिक वर्षमा थप १० वटा आयोजनाहरु सम्पन्न हुने र जसबाट थप १ हजार घरधुरीमा खानेपानीको धारा पुग्ने नगरपालिकाले जनाएको छ । ५ वर्षे कार्यकाल भित्र नगरपालिकाले प्रत्येक नागरिकको घरमा एक घर एक धारा पुर्याउने अठोट लिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता