उपल्लो तम्घासका विद्यार्थीलाई न्यानो कपडा वितरण



अनिल खत्री
१७ मंसिर, गुल्मी । गुल्मी जिल्लाको उपल्लो तम्घास माध्यमिक विद्यालयले फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शनिवार अन्तर्राष्ट्रिय अपाङ्गगता दिवसको अबसरमा विद्यलयका २५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक पिङ्की भुसालले बताइन् ।
चिसो बढदै जान थालेपछि विद्यार्थीहरुको सहजताको लागि न्यानो कपडा वितरण गरिएको भुसालले बताइन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–९ मा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
फरक क्षमताका विद्यार्थीले आवासिय रुपमा अध्ययन गर्दै आएको यस विद्यालयमा अन्य समयमा बिभिन्न संघ संस्थाहरुले सहयोग गर्ने गर्दछन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता