ईतिहास रचियता नारीःरामकुमारी



गुल्मी, कार्तिक -२९ ।

नेपाली राजनीतिमा शाहसी र बैचारिक रुपमा चट्टानी अडान भएकी नारीको नाम हो रामकुमारी । नामका पछाडीको ‘झाँक्री’ उनको थर हो । त्यति मात्र होईन ईतिहास रचियता नारी पनि हुन रामकुकारी । त्यति पुरानो पार्टी एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रिय अध्यक्षमा पहिलो पटक उनी महिला निर्वाचित भएर ईतिहास रचेकी थिईन उनले ।
त्यस्तै गुल्मीबाट पहिलो महिला (फुल ) मन्त्री हुने ईतिहास रच्ने पनि उनै रामकुमारी हुन । अहिलेको निर्वाचनमा गुल्मी–२ मा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ पहिलो महिला उमेदवारको ईतिहास रच्दै उनी चुनावी मैदानमा छन् ।
सत्ता गठबन्धनकी साझा उमेदवार रामकुमारी झाँक्री हिजोको एमालेबाट आजको एमालेलाई धक्का दिने पहलो केन्द्रिय तहकी नेतृ पनि हुन । अर्थात उनी एमालेबाट बिद्रोह गरी नेकपा एकिकृत समाजवादीमा गईन र पुर्व सहकर्मी एमाले नेता गोकर्ण बिष्ट संग प्रतिस्पर्धा गर्दैछन् ।
जम्मा ८ महिना २० दिन सहरी विकास मन्त्री हुँदाको छोटो अवधीमै जिल्लामा झण्डै तीन अर्ब बिकास बजेट भित्राउन सफल भएकोले पनि यस अघि जितेर पटक पटक मन्त्री भएकाहरुले के हेरेर बसेका थिए होला ? भन्दै उनि प्रति त्यस क्षेत्रका जनता बढि आशावादी देखिएका छन् ।

यसो भन्छन् मदानेवासी !
राकुमारी सानै छँदा आफ्नै घरमा राखेर पढाएका तत्कालिन म्यालपोखरी प्राविका पुर्व शिक्षक नङ्घनारायण भट्टराई भन्छन् –‘ मैले दुई बर्ष सम्म घरमै राखेर पढाएकी विद्याथी हुन । अहिले यस क्षेत्रको निर्वाचनमा प्रत्यक्ष तर्फ पहिलो महिला उमेदवार हुने ईतिहास रचेकोले पनि हामी यस भेगका बासीन्दा गर्वित र हर्षित छौं । उनलाई विजयी प्राप्त गरेर यस क्षेत्रकी प्रत्यक्ष निर्वाचि पहिलो महिला सांसद हुने ईतिहास रचुन भन्ने शुभकामना समेत दिन्छौं ।’
उनकी धर्मपत्नी मञ्जु भट्टराई उनको बाल्यपन सम्झेर भावुक हुँदै भन्छिन् –‘ गरिव परिवारमा जन्मेकी छोरी हुन रामकुमारी दुई बर्ष सम्म मैले घर मै राखेर आफैले खान पकाएर खुवाएर पढाएकी हुँ । ’
उनी यस क्षेत्र बाट उमेरवार हुन भनेको हाम्रा सारा महिलाका लागि गर्वको कुरा हो । ’ म्यालपोखरीकी अगुवा महिला पार्वता कुँवर र रामकुमारीले एकै साथ एसएलसी परिक्षा दिएका थिए ।
कुँवर भन्छिन् –‘महिलाहरु सधै आरक्षण कोटा कुरेर बस्ने हो र ? हामी महिलाहरु पनि प्रत्यक्ष उमेदवार हुने अवसर पाउनु पर्छ । यसर्थ रामकुमारीले अहिले पाएको अवसरलाई मदाने गाउँपालिकाले मात्र होईन सि गुल्मी जिल्लाका महिलाहरुले पाएको अवसरका रुपमा अनुभुत गर्दै प्रतिष्ठाको बिषय बनाएर उनलाई समर्थन गर्नु पर्छ । ’
रामकुमारीको जन्मस्थान मदाने गाउँपालिकाका कपिल दर्जी, रुपा खत्री, सुशिला सेन, सुशिला कुमारी बोहरा लगायत त्यहाँका अन्य सर्वसाधरण महिला र पुरुषहरुले पनि रामुकारीको उमेदवारी गाउँवासीका लागि निकै खुशीको कुरा भएको बताउँछन् ।
२०६२ ÷०६३ सालको संयुक्त जनआन्दोलनमा अग्रपक्तीमा रहेर सडकमा उत्रिएकी रामकुमारी सुरक्षाकर्मीको लाठी ,मुड्की , बुट र गोली संग नडराई भिड्ने क्रममा मृत्युको मुखमा पुगेकी थिईन । त्यस आन्दोलनबाट सशक्त विद्यार्थी नेतृको छवि बनाएकी रामकुमारीले एमाले पार्टीलाई ठुलो योगदान थिईन तर एमाले अध्यक्ष केपी ओलीको असंवैधानिक कदमबाट उनको बिरोधमा उत्रिए पछि उनी जस्ता तमाम एमाले नेतृत्वको अपमान भयो र बाहिरिनु परेको थियो । त्यसो त ओली बिरुद्ध गोकर्ण बिष्ट समेत कडा रुपमा प्रस्तुत भई आन्दोलनमा उत्रिएका थिए । उनले त्यति बेला आमाको मृत्यु हुँदा घरमा काज किरिया बस्दा समेत साहनुभुति दिन आएका मानिसहरुलाई बारीमा जम्मा गरेर ओली बिरुद्ध खनिने गरेको थिए । हालै त्यसको भिडियो समेत सामाजिक सञ्जालमा भाईरल भएको छ ।
ओली नेतृत्वको सरकार ढाल्न अदालतमा समर्थन फिर्ताको हस्ताक्षर गरेर जाने २० भाई एमाले नेताहरु मध्य एक बिष्ट पनि थिए तर रामकुमारी थिईनन । झाँक्री भन्छिन् ‘आफनै पार्टीको सरकार ढाल्न अदालत जाने म हुँ कि उहाँ गोकर्ण बिष्ट हो ? यसर्थ उहाँलाई अहिले एमालेको भोट माग्ने अधिकार कसरी आयो ? ’
केहि दिन अघि एमालेबाटै बिद्रोह गरेर साझा गठबन्धनकी उमेदवार रामकुमारी झाँक्रीको प्यानललाई जिताउने अभियानमा हिडेका शेषकान्त गौतम भन्छन् –‘उहाँ झुकेर ओलीको पाउ छोएर टिकट लिएर त आउनु भयो तर उहाँले हामी कार्यकर्ताहरु संग उति बेला मैले भुल गरे भन्दै आत्मा आलोचना गर्नु पर्ने थियो, त्यो गर्नु भएन । यसर्थ उहाँमा अनुशासन र नैतिकता नदेखे पछि उहाँलाई समर्थन गर्न नसकेर यता गठबन्धनका उमेदवारहरुलाई समर्थन गरेको हुँ ।’
उता बिष्टले भने आफु विद्यार्थी काल देखि हाल सम्म कम्युनिष्ट आन्दोलनमा सक्रिय हुँदै आएको र त्यस क्षेत्रका जनताको सुख दु:खमा साथ दिदै विकास निर्माणमा उल्लेख्य भुमिका खेलेको भन्दै जित सुनिश्चितताको दाबी गर्दै आएका छन् । यता झाँक्रीले पनि आफुरुको जित सुनिश्चित भएको त्यसका लागि मङ्घंसिर ४ कुर्न पनि दावी गर्छिन ।
उनले भने झै जित हासिल गर्न सके त्यस क्षेत्रमा प्रत्यक्ष निर्वाचित पहिलो महिला सांसदको ईतिहास पनि रच्ने छिन । मुलधारको चर्चित अनलाईन १२ खरीले २५ जना सांसदको जितका लागि अनुमोदन गरेको छ । त्यस मध्ये रामकुमारी झाँक्री पनि परेकी छन् । त्यो सहि वा गलत छुटाउन मंसिर ४ कुर्न पर्ने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता