इस्मा गाउँपालिका द्वारा शोक वक्तव्य जारी !



पुस २९ ।

गुल्मीको इस्मा गाउँपालिकाले शोक वक्तव्य जारी गरेको छ । पुर्व मन्त्री गोकर्ण विष्ट, इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट , प्रेस चौतारीका पुर्व अध्यक्ष गगन विष्ट , नेपाल कम्युनिस्ट पाटी नेकपाका इस्मा गाउँपालिकाका सह इन्चार्ज चुरा बहादुर विष्ट र सुन्तलादेवी निम्न माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक निर बहादुर विष्टकी आमा चिन्तकला विष्टको निधन प्रती दु:ख व्यक्त गर्दै शोक वक्तव्य जारी गरिएको छ । इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले हस्ताक्षर गरेको शोक वक्तव्यमा भनिएको छ । ” आमा चिन्तकला विष्टको मिति २०७७ साल पौष २८ गतेका दिन  भएको निधनले हामी स्तब्ध भएका छौँ , दिवंगत आमा चिन्तकला विष्ट प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन प्रती गहिरो समवेदना प्रकट गर्दछौ “। चिन्तकला विष्टको ९० वर्षको उमेरमा मंगलबार आफ्नै निवासमा निधन भएको थियो। साथै उनको आज आफ्नै आर्यघाट छल्दी खोलामा हिन्दु परम्परा अनुसार अन्त्यष्टी गरिएको विष्ट परिवारले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता