इस्मा गाउँपालिकाका कर्मचारीलाई सफ्टवेयर सम्बन्धि प्रशिक्षण प्रदान



चैत २८ गुल्मी 

इस्मा गाउँपालिकाका कर्मचारीलाई प्रविधि सम्बन्धि प्रशिक्षण दिईएको छ । इस्मा गाउँपालिकाको आयोजना तथा सिल्लिकन सफ्ट आईटी कन्सन्टेण्टको सहकार्यमा इस्मा गाउँपालिका सबै वडाका वडा सचीव,कम्प्युटर अपरेटर,कार्यालय सहायक र गाउँपालिकाका सबै शाखाका प्रमुख गरी २२ जनलाई प्रविधि सम्बन्धि तालिम प्रदान गरिएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत बाबुलाल थापाले जानकारी दिए ।
एक दिने प्रशिक्षणमा सफ्टवेयर सम्बन्धि परिचयपत्र ,प्रमाणपत्र तथा सिफारिस लेखन सम्बन्धि तालिम दिईएको थियो ।

तालिमको गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष विष्टले नयाँ प्रविधि बाट काम गर्दा समयको बचत र गुणस्तरीय सेवा प्रदान हुने बताए ।
साथै यस प्रशिक्षणले गाउँपालिका भित्रका सबै वडामा एकरुपता कायम गर्ने,त्रुटिहरु कम हुने,सेवा प्रवाह छिटो छरितोहुने गाउँपालिकाले अपेक्षा लिएको छ ।तालिमलाई सिल्लिकन सफ्ट आईटी कन्सन्टेण्टका मौसम श्रेष्ठ र दोर्जे लामा तथा गाउँपालिकाका सुचना प्रविधि अधिकृत बाबुलाल थापाले सहजीकरण गरेका थिए । तालिममा इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमका खत्री , निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महत लगायतको विशेष उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता