इस्माली समाज काठमाडौको आयोजनमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न



गुल्मी-११ माघ ।

इस्माली समाज काठमाण्डौको आयोजनामा इस्मा गाउँपालिका अन्तरमाध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । रामराज्य माध्यमिक विद्यालय इस्मा ४ दोहली गुल्मीमा सम्पन्न प्रतियोगितामा इस्मा गाउँपालिकाका ७ विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगितामा ओम प्रकाश गौतम मा वि अम्मरपुर प्रथम, आनन्दपुर मा वि द्वितीय र पालुखा मा वि तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई क्रमश नगद रु। ५, ३ र २ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

भने सहभागीहरुलाई सहभागी प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम भएको ओम प्रकाश गौतम मा विलाई यस वर्षको रनिङ्ग शिल्ड समेत प्रदान गरिएको थियो । प्रतियोगिता स्व: अमृता भण्डारीको स्मृतिमा गरिएको हो । समाजले विगत छ वर्षदेखि शहिद सप्ताहको अवसर पारी प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।

२०८० को प्रतियोगिता हिमालय माध्यमिक विद्यालय इस्मा १ हस्तिचौर गुल्मीमा सञ्चालन हुने पनि समाजले जानकारी गराएको छ । समाजका अध्यक्ष गोकर्ण खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काबाट दिप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि भगतसिंह खड्का, विशेष अतिथि चन्द्रबहादुर महत, अतिथि रामराज्य मा वि का प्रध्यानाध्यापक गु्णाखर अर्याल लगायतको मन्तव्य रहेको थियो । समाजका सदस्य हरिप्रसाद भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव महेन्द्र बस्नेत र हिमालय मा वि हस्तिचौरका शिक्षक मनबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता