इस्मामा एमालेको उल्लासपूर्ण रुपमा मनोनयन दर्ता !



गुल्मी, १२ बैशाख

इस्मा गाउँपालिकामा नेकपा एमालेले उल्लासपूर्ण रुपमा मनोनयन दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालयमा गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित ६ वडाध्यक्ष र सदस्य पदमा मनोनयन गर्दा गरिएको हो । ६ वटै वडाबाट सयौ कार्यकर्तासहित उपस्थित भएका उमेदवारले इस्मा रजस्थल स्थित राधाकृष्ण टोलमा भेलाको आयोजना गरेर मनोनयन गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
गाउँपालिका प्रमुखमा हिरा एसी र उपप्रमुखमा बिमला खत्रीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडा नं १ मा वडाध्यक्षमा नाम बहादुर कुवंर, वडा नं २ मा राजेन्द्र बिक्रम कुवंर, वडा नं ३ मा ज्योतिराज कुवंर, वडा नं ४ मा मान बहादुर बस्नेत, वडा नं ५ मा नारायण पैयानी र वडा नं ६ मा पुन हिरा जिसीले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएको नेकपा एमाले इस्मा गाउँकमिटी सचिव गनुप्रसाद अधिकारीले जानकारी दिए ।
नेकपा एमालेको तर्फबाट इस्मा गाउँपालिका प्रमुहखका उमेद्वार हिरा एसीले आर्थिक सामाजिक रुपान्तरणको लागि सुर्य चिन्हमा मतदान गरेर आफुहरुलाई जिताउन सवै कार्यकर्ताहरुलाई आग्रह गरे । उनले विकाससंगै कृषि र पशुपालन उद्यम, रोजगारी, गाउँ–गाउँमा स्वास्थ्य शिविर र प्राथमिक उपचार, पर्यटकीय संरचना, सुशासन र सेवाप्रबाहमा चुस्तता, घरमै बसेर सरकारी सेवा प्राप्त गर्ने अवसर अवका पाँच बर्षमा सृजना गर्न जनताको माया र मत आवश्यक भएको एसीले बताए । त्यस्तै उपप्रमुखको उमेदवार बिमला खत्रीले पाँच बर्षे अनुभवबाट अझै धेरै रचनात्मक काम गर्न जनताको साथ चाहिएको बताइन् । उनले केहि अधुरा र धेरै नविन कामलाई पुरा गर्न पार्टीले दिएको जिम्मेवारीप्रति हार्दिकता व्यक्त गरिन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता