इस्माको निर्णय: टपरी उद्योग स्थापना देखि कक्षा १२ सम्म निःशुल्क शिक्षा !



सन्तोष महतारा
गुल्मी, १९ जेठ ÷

गुल्मीको इस्मा गाउँपालिकाले कार्यपालिका बैठक मार्फत गठन गरेका विषयगत समिति तथा विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । गाउँपालिकाले प्रथम कार्यपालिकाको बैठक मार्फत गठन गरेका विषयगत समिति तथा महत्वपूर्ण निर्णयहरु बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

गाउँपालिकाले गत बैशाख ३० गते स्थानीय तह सदस्यको निर्वाचन निष्पक्ष, भयरहित र शान्त वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने इस्माबासी नागरिक, राजनीतिक दलहरु, निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी र सबै सहयोगीहरुमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

प्रवक्तामा उपाध्यक्ष कुँवर
इस्मा गाउँपालिकामा प्रवक्ताको जिम्मेवारी गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरलाई प्रदान गरेको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले जानकारी दिए । गाउँकार्यपालिकाको पहिलो बैठकबाट उपाध्यक्ष कुँवरलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।

इस्मा गाउँपालिकाका उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरका अनुसार विभिन्न विषयगत समिति गठन गरिएको छ । संस्थागत विकास, सेवा प्रवाह र सु्शासन समितिको संयोजकमा कार्यपालिका सदस्य राजु बस्नेत रहेका छन् । जसको सदस्यमा धनबहादुर कुँवर र रेनुका सारु रहेका छन् ।

गाउँपालिकाको विधेयक समिति संयोजकमा कार्यपालिका सदस्य बसन्त सुनार रहेका छन् । जसको सदस्यमा टिका कुँवर र सुनिता बिक रहेका छन् । त्यस्तै आर्थिक विकास समितिको संयोजकमा वडा नम्बर १ का वडाध्यक्ष शेरबहादुर कुँवर रहेका छन् । जसको सदस्यमा देविराम घिमिरे र खगिश्वरा पोखरेल रहेका छन् । त्यस्तै सामाजिक विकास समितिको संयोजकमा वडा नम्बर ६ का वडाध्यक्ष ढालबहादुर कुँवर रहेका छन् । जसको सदस्यमा चित्रकला सुनार र बसन्त घर्ती रहेका छन् । पूर्वाधार विकास समितिको संयोजकमा वडा नम्बर ५ का वडाध्यक्ष झविन्द्र अर्याल रहेका छन् । जसको सदस्यमा गोपाल बिक र रेनुका बिष्ट रहेका छन् । साथै वातावरण तथा विपद व्यवस्थापन समितिको संयोजकमा वडा नम्बर २ का वडाध्यक्ष लोकनाथ आचार्य रहेका छन् । जसको सदस्यमा जङ्ग बहादुर खत्री र नरमाया बिक रहेका छन् ।

गाउँपालिकाको न्यायिक समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर संयोजक रहेकी छिन् । जसको सदस्यमा शेरबहादुर कुँवर र ढालबहादुर कुँवर रहेका छन् । त्यस्तै राजस्व परामर्श समितिको संयोजकमा पनि गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर रहेकी छिन् । जसको सदस्यमा झविन्द्र अर्याल र रेनुका बिष्ट रहेका छन् ।

श्रोत अनुमान समितिको संयोजकमा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्का रहेका छन् । जसको सदस्यहरुमा पार्वती कुँवर, डोलबहादुर सार्की, शेरबहादुर कुँवर, ढालबहादुर कुँवर र लोकनाथ आचार्य रहेका छन् ।

गाउँपालिकाका महत्वपूर्ण निर्णयहरु
इस्मा गाउँपालिकाले गाउँपालिकाको प्रथम कार्यपालिका बैठकबाट महत्वपूर्ण निर्णयहरु गरेको छ । बुधवार गाउँपालिकाका निर्णयहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

टपरी उद्योग स्थापना
इस्मा गाउँपालिकाले टपरी उद्योगको स्थापना गर्ने भएको छ । गाउँपालिकाको प्रथम कार्यपालिकाको बैठकबाट टपरी उद्योग स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरले जानकारी दिइन् ।

कक्षा १२ सम्म निःशुल्क शिक्षा
इस्मा गाउँपालिकाले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने अभियान सुरु गरेको छ । गाउँपालिकाले प्रथम कार्यपालिकाको बैठकबाट माध्यमिक तहसम्म विद्यार्थीहरुले मासिक शुल्क तिर्न नपर्ने निर्णय गरेको हो । जसको लागि गाउँपालिकाका सबै विद्यालयहरुले कक्षा १२ सम्म मासिक शुल्क लिन पाउने छैनन् । यसअघि कक्षा ११ र १२ मा मासिक शुल्क लाग्ने गर्दथ्यो ।

स्वास्थ्य स्वंमसेविकालाई प्रोत्साहन
इस्मा गाउँपालिकाले प्रथम कार्यपालिकाको बैठकबाट गाउँपालिकाभित्रका स्वास्थ्य स्वंमसेविकालाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । जसका लागि गर्भवती महिलालाई स्वास्थ्यचौकीमा र सुत्केरी महिलासहित नवजात शिशुलाई एम्बुलेन्स मार्फत घरसम्म पुराएमा ५ सय भत्ता दिने निर्णय गाउँपालिकाले गरेको हो । मासिक प्रोत्साहन भत्तामा ५ सयबाट वृद्धि गरेर १ हजार पुराइएको छ ।

प्रत्येक वडामा विद्युत् र खानेपानीका कर्मचारी
इस्मा गाउँपालिकाले कार्यपालिकाको पहिलो बैठकबाट प्रत्येक वडामा विद्युत र खानेपानीका कर्मचारी राख्ने निर्णय गरेको छ । आगामी नीति तथा कार्यक्रममा समेटेर गाउँपालिकाका ६ वटा वडामा १÷१ जना कर्मचारी राख्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले जानकारी दिए ।

कृषि र पशु सेवा केन्द्र स्थापना
इस्मा गाउँपालिकाले गाउँपालिकामा कृषि र पशु सेवा केन्द्रको स्थापना गर्ने भएको छ । गाउँपालिकाको प्रथम कार्यपालिकाको बैठकबाट वडा नम्बर ६ अम्मरपुर बुल्ममा कृषि सेवा केन्द्रको स्थापना गर्ने भएको हो । त्यस्तै गाउँपालिकाको वडा नम्बर ३ दर्लामचौर आलमदेवीको नजिकमा पशु सेवा केन्द्रको स्थापना गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

विपद् न्यूनीकरणका लागि पूर्वतयारी
इस्मा गाउँपालिका अन्तर्गतमा सबै वडामा विपद् न्यूनीकरण पूर्वतयारीको लागि वडाध्यक्षहरुले रेडक्रस, क्लब र सबै प्रकारका सामाजिक संघसंस्था सँग सहकार्य गर्ने निर्णय भएको छ । सामाजिक संघसंस्थाको सहकार्य सँगसँगै स्वसंसेवकको समूह तयार पार्ने गरेर निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरले जानकारी दिइन् । साथै गाउँपालिकाले तारजाली, जस्तापाता, त्रिपाल र पाइप लगायतका आवश्यक वस्तुको खरिद गर्ने निर्णय गरेको छ ।

सडक÷कुलो मर्मत
इस्मा गाउँपालिकाले सडक÷कुलो मर्मतका लागि लेन्थवर्करको व्यवस्था गर्ने निर्णय गरेको छ । गाउँपालिकाका ३ मुख्य सडकहरुका लागि लन्थवर्कर व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको छल्दीटार–हर्पुकोट–नयाँपोखरा, छिनुवा–दर्लामचौर र मैदान–दोबाटा–हुलाके सडकलाई मुख्य ध्यानमा राखेर काम गर्ने निर्णय भएको छ । त्यस्तै वर्षायामको समय ३ महिनाको लागि डोजर भाडामा ल्याई सडकको मर्मत गरिने भएको छ ।

‘शिघ्र सेवा ः तिव्र विकास’
इस्मा गाउँपालिकाले अपनाएको ‘शिघ्र सेवा ः तिव्र विकास’ अनुसार प्रथम कार्यपालिकाको बैठकले गाउँपालिकामा हेल्प डेस्क राख्ने निर्णय गरेको छ । सेवा प्रवाहमा नागरिकको सहजताको लागि कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए ।

कर्मचारी पदपुर्ति
इस्मा गाउँपालिकाले कर्मचारी पदपुर्तिका लागि विज्ञापन गर्ने .निर्णय गरेको छ । जसका लागि गाउँपालिकामा पशु शाखा प्रमुख, दोहोलीमा कम्प्युटर अपरेटर, रजस्थलमा र वडा नम्बर २ मा कार्यालय सहयोगीका लागि विज्ञापन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

न्यायिक इजलास
इस्मा गाउँपालिकाले कार्यपालिकाको बैठकबाट न्यायिक इजलासको स्थापना गर्ने निर्णय गरेको छ । न्यायका लागि गाउँपालिकामा आउने सर्वसाधारणसँग बसेर कुरा गर्ने समेत ठाउँ नभएकोले न्यायिक इजलासको स्थापना गर्ने निर्णय गरेको न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले जानकारी दिइन् ।

प्रहरीचौकी निर्माण
इस्मा गाउँपालिकाले हस्तिचौरमा प्रहरीचौकी निर्माणका लागि सिफारिस गर्ने निर्णय गरेको छ । गाउँपालिकाको वडा नम्बर १ हस्तिचौरमा प्रहरीचौकी निर्माणका लागि सिफारिस गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले गाउँपालिकाको केन्द्र टुङ्गो लगाउने बिषयमा आफूहरुले अहिले निर्णय गर्न नमिलेकोले समस्या भएको बताए । केन्द्रको बिषयमा विवाद रहेको र हाल केन्द्र सम्बन्धि मुद्दा सर्वोच्च अदालमा रहेकोले केन्द्रको बिषयमा निर्णय गर्न समस्या भएको हो । सर्वोच्चको फैसलापछि गाउँपालिकाको केन्द्रको बिषयमा निर्णय हुने गाउँपालिकाका अध्यक्ष खड्काले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता