आत्मरक्षाको लागी गुल्मीका किशोरीहरुलाई तीन महिने तेक्वान्दो प्रशिक्षण



११ चैत, गुल्मी ।

गुल्मीका किशोरीहरुलाई तीन महिने तेक्वान्दो प्रशिक्षण दिइने भएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना र जिल्ला खेलकुद विकास समिति गुल्मीको सह(आयोजनामा बुधबारदेखि तीन महिने तेक्वान्दोको प्रशिक्षण कार्यक्रम सुरु गरिएको जिल्ला खेलकुद विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिए ।

११ देखी १९ वर्ष सम्मका ७५ जना किशोरीलाई सदरमुकाम तम्घासमा तीन महिना तेक्वान्दोको प्रशिक्षण दिइने प्रशिक्षक गिरि प्रसाद महाकिमले जानकारी दिए ।

आत्मरक्षा, छोराछोरी बिचको मानसिक विभेद अन्त्य गर्न तथा खेल क्षेत्रको विकासको लागि तालिमको आयोजना गरिको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका कार्यालय प्रमुख लक्ष्मण प्रसाद ज्ञवालीले बताए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता