आज विश्व रेडियो दिवस



फागुन १ ।

संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेबमोजिम हरेक वर्ष आजको दिन रेडियोको भूमिका र महत्वबारे छलफल गरिंदै आइएको छ ।

नेपालमा बिक्रम सम्बत २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने रेडियो नेपालको स्थापनासंगै २००७ साल चैत्र २० गते रेडियो सञ्चालन सुरु भएको हो ।

यसवर्ष विश्व रेडियो दिवसको नारा बहुलता,प्रतिनिधित्व र विविधता भन्ने तय गरिएको छ ।

२०४९ मा कानूनी रुपमा व्यवस्था गरिएपछि नेपालमा २०५२ सालदेखि रेडियो नेपालले नै एफएम प्रशारण सुरु गरेको हो । हाल एफएम रेडियोको विस्तार भै अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् भने अधिकाँश जिल्लामा आधा दर्जनबढी एफएम रेडियो सञ्चालनमा छन्

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता