आइतवारदेखी सुरु भयो नाच्नेडाँडामा तीज महोत्सव !!



कौरव खत्री ,बाग्लुङ्ग १६भदौ ।

नेपाल बैङ्क लिमिटेड गलकोट शाखाका प्रमुख देवी थापा बोहोराले महिलाहरु शिक्षित र चेतनशिल नभएसम्म देशमा समृद्वि नहुने बताइन ।
आइतवारदेखी नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको तीज महोत्सवको उदघाटन समारोहलाई सम्वोधन गर्दै बोहोराले यस्तो बताएकी हुन  ।


“लोपोन्मुख कला संस्कृति हाम्रो शान, नाच्ने डाँडाको संरक्षण हाम्रो अभियान” भन्ने मुल नाराका आईतवार देखि तीज महोत्सव सुरु गरिएको छ । सोहि अवसरमा महिला जागरण केन्द्र मल्मका कोषाध्यक्ष मिरा खड्काले शुभकामना मन्तव्य राखेकी थिइन ।
महोत्सवको पहिलो दिन अन्र्तगत खुल्ला एकल नृत्य तथा सामुहिक नृत्य र विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक कोपिला खड्काले जानकारी दिइन ।
तीजको मौलिक कला संस्कृतिको संरक्षण प्रर्वद्धनसँगै गलकोट क्षेत्रकै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको  स्थलका रुपमा परिचित नाच्ने डाँडाको संरक्षण गर्दै शिद्वेश्वर शिवालय मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नाच्ने डाककडा तीज महोत्सव आयोजना गरिएको महोत्सव प्रचार प्रसार संयोजक एवं समाजका सह–सचिव थम्मन थापाले जानकारी दिए ।


तिज महोत्सवका अवसरमा बृहत तीज गीत तथा नृत्य प्रतियोगिता, सामुहिक नृत्य, एकल नृत्य, खुल्ला तीज नाचगान, विभिन्न विधामा महिला अभिनन्दन, प्रायोजक तथा सहयोगदाता सम्मान सँगै राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु बहुचर्चित लोक दोहोरी गायक विष्णु खत्री, चर्चित लोक दोहोरी गायिका फुलमाया केसी,चर्चित लोक दोहोरी गायक रेशम निर्दोश लगायतका कलाकारहरुको बेजोड सांगितिक प्रस्तुती हुने महोत्सव मुल समारोह समितिले जनाएको छ ।
नाच्ने डाँडामा झण्डै २ सय वर्ष पहिले देखि तीज मेला हुदै आईरहेको पाकापुस्ताहरुको भनाई छ । तीज महोत्सव नाच्ने डाँडा संरक्षण समाजको मुल आयोजना, सिद्वेश्वर शिवालय सेवा समितिको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सह–आयोजनामा सञ्चालन भईरहेको छ ।


नाच्ने डाँडा तीज महोत्सव नाच्ने डाँडा संरक्षण समाज मल्मका अध्यक्ष कोपिला खड्काको अध्यक्षता, सिद्वेश्वर शिवालय सेवा समितिका अध्यक्ष ज्ञान बहादुर थापाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सचिव कोपिला थापा र सरस्वती केसीले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता