अर्जै स्थित् रानी पोखरी बहुउदेश्यीय सहकारी संस्थाको ११ औं वार्षीक साधरण सभा सम्पन्न



पुस २७ ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्वर ६ अर्जे स्थित् रानापोखरी बहुउदेश्ययी सहकारी सस्था लिमिटेड को ११ औं वार्षीक साधरण सभा सम्पन्न भएको छ ।
साधरण सभामा नरहरी पराजुलीले संस्थाको ३९ लाख ९४ हजार पाँच सय ४७ रुपैयाँ बराबरको आर्थीक प्रतीवेदन पेस गर्नु भएको छ । भने सहकारी संस्थाको ३८ लाख ६६ हजार सात सय ६४ आम्दानी , १८ लाख ८२ हजार ५० रुपैयाँ खर्च र १२ लाख ८६ हजार एक सय २७ रुपैया बचत रहेको आर्थीक प्रतीवेदनमा उल्लेख गरिएको छ ।
आज एक समारोहका बिच गरिएको ११ औं साधरण सभामा बोल्दै सरोकारवला निकायहरुले सहकारी बाट लिएको ऋण अनुरुप काम गर्ने किसान तथा सहकारीका सदस्यहरु आग्रह गरेका छन् । वडा नम्वर ६ का वडा अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि समेत रहेका शोभाखर गिरीले सहकारी बाट लिएको ऋण घरायसी खर्चमा प्रयोग नगरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने आग्रह गर्नु भयो । त्यस्तै कार्याक्रमका प्रमुख अतिथि तथा जिल्ला सहकारी संस्थाका अध्यक्ष शेषकान्त गौतमले सामुहीक खेती प्रणाली बाट मात्रै किसानको समृद्धी हुने बताउदै किसानहरु सामुहीक खेती प्रणाली तर्फ लाग्नु पर्ने उल्लेख गर्नु भयो ।

 

दश वर्ष अघि स्थापना भएको रानी पोखरी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडमा हाल दुइ सय ४० जना सदस्य रहेका छन् । सहकारीले यस क्षेत्रका किासनको हक हितको लागी विभिन्न कार्य गदै आएको छ । विशेष गरि बचत तथा ऋणको कारोबार गदै आएको सहकारीले जनाएको छ । त्यस्तै सहकारीका सदस्यहरुले मासिक न्युनत्तम १०० रुपैयाँ बचत समेत गदै आएको बताइएको छ ।
आज सम्पन्न ११ औं वार्षीक साधरण सभामा संस्थाका अध्यक्ष शेर बहादुर केसीको अध्यक्षता तथा ढुनीराज पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता