अर्जैमा आज विशेषज्ञ डाक्टर बाट एक सय पचास भन्दा धेरै बिरामीले लिए स्वास्थ्य सेवा



भदौ २५ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका ६ अर्जैमा आज विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य सेवा प्रदान गरेका छन । अर्जै स्थित विश्व मेडिकल हल तथा एन्टन प्याथ ल्याबमा बुटवलमा कार्यरत बरिस्ठ प्रसुती महिला रोग विशेषज्ञ डाक्टर प्रदिप कुमार श्रीवास्तव र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत नशा तथा मनोरोग विशेषज्ञ डाक्टर असिम रेग्मी सहितको स्वास्थ्य टोलीले स्वास्थ्य सेवा प्रवाह गरेको स्वास्थ्यकर्मी खिमराज पोख्रेलले जानकारी दिए ।

गुल्मी पश्चिम क्षेत्रका झण्डै एक सय पचास भन्दा धेरै बिरामीले स्वास्थ्य सेवा लिएका छन । ३० जना महिला सम्बन्धि,३४ जना नशा सम्बन्धि र २८ जनाले भिडियो एक्सरे सम्बन्धि स्वास्थ्य सेवा लिनुका साथै ३६ जना अन्य रोगका बिरामीले सेवा लिएको स्वास्थ्य कर्मी खिमराज पोख्रेलले बताए ।
गाउँमै सुविधा सम्पन्न स्वास्थ्य सेवा पाउदा स्थानीय जनता खुसी भएका छन । साथै समय समयमा गाउँघरमा विशेषज्ञ डाक्टर आएर स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने उनीहरुको माग समेत छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता