अर्जैबेसी खोलामा मन्त्री चौधरी द्वारा पक्की पुलको शिलान्यास



माघ ९ -गुल्मी।

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले अर्जैबेसी खोलामा पक्की पुलको शिलान्यास गरेका छन ।
फुलबारी अर्जै बोम नेटा बाग्लुङ सडक खण्ड अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर छ अर्जै स्थित अर्जैबेसी खोलामा पुलको शिलान्यास गरिएको हो ।
पुल शिलान्यास गर्दै मन्त्री चौधरीले गुणस्तरीय काम गरि समयमै योजना सक्न निर्माण व्यवसायीलाई आग्रह समेत गरेका छन । साथै उक्त सडक महत्त्वपूर्ण सडक खण्ड भएकाले त्यसमा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
२ वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने गरि भ्याट बाहेक एक करोड ९० लाख १४ हजार दुइ सय ४७ रकममा पन्त निर्माण सेवा सङ सम्झौता भएको छ ।

 

उक्त पुलको २० मिटर लम्बाइ र ९ मिटर चौडाइ रहेको त्यस वडाका वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए । पुल निर्माण सम्पन्न भए सङै गुल्मी जिल्ला र बागलुङ जिल्लाका नागरिक हरुको लाभान्वित हुने छन ।
साथै आजै मन्त्री चौधरीले मालिका गाउँपालिकाको निस्तीखोलामा वडा नम्बर चार अर्खबाङ र वडा नम्बर दुई दर्लिङलाई जोड्ने पक्की पुलको पनि शिलान्यास गर्ने तथा वडा नम्बर सात घमिरमा एक घर एक धारा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको मालिका गाउँपालिका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता