अब ट्रायलमा ६० अंक ल्याए सवारी लाइसेन्स पाईने !



पुस २९ ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ ।

यस्तै विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार हालको मापदण्ड अनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे । फेल हुनेको संख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका विकृति देखापरेको भन्दै फागुनमा लागू गर्ने गरी काम भइरहेको छ । ट्रायलमा पनि विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कुनै एउटामा छुस्स छुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन समस्या हुने छैन । ‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुनेछ,’ उनले भने ।

अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा राखिएको छ । मापदण्डले लाइसेन्समा मौलाएको बिचौलिया प्रवृत्ति कम गर्ने विभागको दाबी छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता