अखिल (क्रान्तिकारी) गुल्मीको दोस्रो पुर्ण बैठक सम्पन्न



साउन -९ गुल्मी ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटि निकट अखिल (क्रान्तिकारी) गुल्मीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।
सदरमुकाम तम्घास सम्पन्न भएको बैठकले विभिन्न निर्णय गरेको अखिल (क्रान्तिकारी) गुल्मीका अध्यक्ष विकल्प खत्रीले जानकारी दिए ।
बैठकमा कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाव , शिक्षा क्षेत्रमा देखिएको विकृतिको विषयमा  गम्भीर छलफल भएको उक्त संगठनले जानकारी दिएको छ ।
साथै बैठकमा विद्यार्थीहरुले लक डाउनको समयमा पनि विद्यालयले शुल्क लिएको , पैसा नबुझाए सम्म प्रवेश पत्र नदिने अडान राखेको जस्ता गुनासा राखेका थिए ।

बैठकमा जिल्ला पाटि इन्चार्ज अपेक्षाले विद्यार्थीका गुनासालाई सुनाई गर्दै आवश्यक निर्देशन समेत दिएकी छन । शैक्षिक माफियालाई तह लगाउन सङर्घषका कार्यक्रम गर्न तयार रहन विद्यार्थीलाई आग्रह समेत गरेकी छन । समाज परिवर्तनका पात्र विद्यार्थीले शैक्षिक माफियाको मनपरीलाई चुपचाप सहेर बस्न नहुने बताउदै त्यसको भण्डारफोर गर्न अखिल (क्रान्तिकारी) सदैब तयार रहेको र रहनु पर्ने उनको धारणा थियो । बैठकमा जिल्ला संगठनका सबै सदस्य तथा शुभेच्छुक हरुको सहभागी रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता